Monday, September 22, 2025

बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न दोलखाका संघ संस्थाको माग



अगेनो सम्वादाता ः भदौ १५- दोलखाका गैसरकारी संघ सस्थाले सशस्त्र द्वन्द्वको बेलामा बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छन् । आइतबार दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै संघसंस्थाहरुले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्ने र उनीहरूको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट ३० का दिन बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गरिँदै आएको स्मरण गराएको छ । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने उल्लेख भएको स्मरण गराउँदै जिल्लाका गैरसकारी संघसंस्थाहरुले उनीहरूको अवस्था सार्वजनिक नभएका कारण प्रभावित परिवारको सत्यतथ्य जान्न पाउने अधिकार,सांस्कृतिक अधिकार र राहत तथा क्षतिपूर्ति अधिकार समेत उल्लङ्घन भएको जनाएको छन् ।‘बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा परेका उजुरीमा छानबिन गरी दोषीलाई कारबाही, प्रभावित परिवारलाई क्षतिपूर्ति र बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगले गरेका २सय २६ वटा सिफारिस कार्यान्वयन गर्नु आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गत २०८२ वैशाख ३१ गते गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रभावितहरूलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा र्पुयाउन आवश्यक स्रोतसाधनको परिपूर्तिका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक दोलखाका प्रतिनीधी उद्धवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।उहाँका अनुसार बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न र गराउन, तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन गर्न,बेपत्ता पार्ने कार्यमा संलग्न भएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई न्याय तथा परिपूरणको सुनिश्चितता गर्न माग गर्दै नेपाल सरकार र सम्बद्ध सबै पक्षको सञ्जालले ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक,नेपाल बार एशोसियसन,दोलखा इकाई, नेपाल पत्रकार महासंघ, दोलखा शाखा गैसस महासंघ दोलखा शाखाले संयुक्त रुपमा बुझाएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like