Monday, September 22, 2025

दोलखामा मनाइयो १८ औं पुस्तकालय दिवस


अगेनो सम्वादाता ः भदौ १५- “हाम्रो पुस्तकालय हाम्रो भविष्य”भन्ने नारासहित १८ औं पुस्तकालय दिवस  दोलखामा विभिन्न कार्यक्रमगरि मनाईएको छ । दिवसको अवसरमा गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनमा दोलखाको सदरमुकाम चरिकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रमको उद्घघाटन गर्नुहुदैँ जिल्लाको  मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले पुस्तकालयलाई नियमित अध्ययनको स्थल बनाउनका लागि विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो । तमाङले विद्यार्थीलाई किताबी ज्ञानसँगै बाह्य पुस्तक अध्ययनमा पनि जोड दिन आग्रह गर्नुभयो । गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले विद्यार्थी, शिक्षकदेखि सर्वसाधारण सबैका लागि पुस्तकालय अध्ययनको महत्वपूर्ण केन्द्र भएको बताउनु भयो । पठन संस्कृतिको प्रबर्द्धन  गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कालिन्चोक माध्यामिक विद्यालयका विद्यार्थीहरु, पत्रकार, साहित्यकार लगायतको सहभागिता रहेको थियो । गौरीशङ्कर सामुदायिक पुस्तकालय दोलखाको चर्चित पुस्तकालय हो । यो पुस्तकालयमा दैनिक पुस्तक पढ्नेहरुको सङख्या उल्लेख्य रहेको पाईन्छ । यश पुस्तकालयमा विभिन्न बिधाका करिव १६ हजार पुस्तकहरू रहेको अध्यक्ष बस्नेतले बताए । २०६० सालमा स्थापना भएको पुस्तकालय जिल्लामा उत्कृष्ट पुस्तकालयका रूपमा स्थापित रहेको छ । नेपाल सरकारले २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउँदै आएको छ । तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा १८६९ साल भदौ १५ गते पुस्तकालय स्थापना गर्ने कानूनमा लालमोहर लगाइएको स्मृतिमा यो दिवस मनाईने  गरिएको हो 

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like