- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः कार्तिक १४–दोलखाको सदरमुकाम चरिकोट रहेको पशुपति चौलागाई प्रादेशीक अस्पतालको औषधी पसल लगभत रित्त अवस्था रहेको छ । दैनिक २ सय जना विरामी सेवा लिन आउने जिल्लाको सदरमुकाम चरिकोटमा रहेको ५० शैय्या क्षमताको अस्पतामा औषधी पसल खाली हुने अवस्था पुग्नुको कारण चरम आर्थिक भएको अस्पताल प्रशासनले जनाएको छ । सामाजिक सञ्जालहरुमा विमा गरेका विरामीहरुले समेत औषधी नपाएको भन्दैै गुनासो आउन थालेपछि अस्पातले आर्थिक अभावका कारण औषधी खरिद गर्न नसकेको बारेमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । अस्पताललाई स्वास्थ्य बीमा बोर्डले भुक्तानी नगर्दा औषधि खरिदमा समस्या आएको अस्पालका सुपरिटेन्डेन्ट लक्ष्मण खड्काले बताउनुभयो । खड्काका अनुसार गत वर्षको फागुनमा ४० लाख रुपैयाँको औषधी खरिद गरिएको थियो । सोहि औषधी हाल सम्म विरामीलाई प्रदान गरिने गरिएको छ । उहाँका अनुसार अस्पतालाई स्वास्थ्य बीमा बोर्डले बीमा लागु भएदेखी हाल सम्म बिमा बापतको ८६ लाख ९६ हजार ६ सय ३२ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । खड्काले भन्नु बीमा बोडले चालु आर्थिक वर्ष २०८२÷०८३ को हाल सम्म १० हजार रुपैयाँ मात्रै भुक्तानी गरेको छ । अहिले अस्पतालमा करिब ४० देखी ५० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्न पाए पुग्ने थियो । तर त्यो हैसियता अस्पतालसँगै पनि छैन् । बिमा बोडेले पनि माग गरेको रकम दिदैन खड्काले बुधबार चरिकोटमा आयोजना गरिएको पत्रकार सम्मेनलमा भन्नुभयो । बोर्डले बिमा बापतको रकम भुक्तानी नगर्दा चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न नसक्दा बिमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा प्रवाहमा समस्या हुन पुग्ने अवस्था आएको छ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा अस्पतालका लागि २८ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी प्राप्त भएको छ तर बजेटको अझै नआएको अस्पताल सञ्चालक समितिका अध्यक्ष सुवास रिमालले बताउनुभयो । उहाँले भन्नुभयो हाल अस्पतालको आन्तरिक स्रोतबाट आम्दानी हुने गरेको छ । तर त्यो पैसाको केहि प्रतिशत विमाको विरामीका लागि लगानी गरेको छौ । अस्पतालले मासिक ५ लाख रुपैयाँ भन्दा बढि विद्युक्तको महसुल समेत त्यहि आन्तरिक स्रोतबाट तिर्ने गरेको छ भने बाँकी रकम कर्मचारीको तलबमै खर्च हुने भएकाले अन्य सेवा विस्तार गर्न नसकिएको हो अध्यक्ष रिमालले भन्नुभयो । औषधि खरिद गर्नका लागि पैसा छैन,अब भने बिमा कार्यक्रमअन्तर्गत स्वास्थ सेवा प्रवाह गर्न समस्या हुने भएको छ । उहाँलेस्वास्थ्य बीमा बोर्डलाई पटक–पटक रकम माग गर्दा पनि रकम प्राप्त नभएको गुनासो गर्नुभयो ।