- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः कार्तिक १५ -दोलखाको भीमेश्वर नगरपालिकाका कृषक राम बहादुर कार्कीलाई वर्षभरी खाने कमाई धान खेतको गरामानै भिजेपछि आज भोली रातमा निन्द्र लाग्न छाडेको छ । कार्कीले कात्तिक ९ र १० गते १० मुरीको विउँ रोपेको खेतको धान खेतला लगाएर काटनुु भएको थियो । तर त्यो धान अहिले खेतको गरामानै उम्रिएको पछि कार्की चिन्तित हुनुभएको हो ।मौसम प्रतिकूल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको कार्कीले बताउनुभयो । धान झार्नका लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि कार्कीको भनाई रहेको छ ।दोलखामा कात्तिक १० गतेराती बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका वर्षाभएसँगै कृषकहरुले काटेको धान खेतमानै उम्रिने अवस्थामा पुगेको कृषकहरुको भनाई रहेको छ ।वर्षाले लगानी र मेहनत दुवै खेर गएको छ । अब केहि दिन पानी प¥यो भने काटेको धान खेतमानै उम्रिने र पराल समेत कुहिएर मल बन्ने अर्को कृषक शंङकर बहादुर बस्नेतले बताउनुभयो ।दोलखाका कृषकहरुले भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि अधिकाम्स कृषकहरु चिन्तित हुनुभएको छ। अहिले काटेर सुकाएको धान खेतमा डुबेको छ । काट्न बाँकी धानको पनि पानीले बाला झारेको छ । बेमौसमी बर्सातका कारण वर्षभरिको मेहनत खेर जाने आम किसानको चिन्ता रहेको छ ।मौसममा सुधार आउने सम्भावना छ । तर अझै ३÷४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रको सल्लाह छ ।केन्द्रले विशेष प्राविधिक सल्लाह बुलेटिनमार्फत पानी परेका क्षेत्रमा धानखेतमा पानी जमेको भए तत्कालै निकासको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।पाकेको धान भएको धानखेतसहित तरकारीबाली तथा फलफूल बगैँचामा पानी जमेको भए निकास गर्नु महत्त्वपूर्ण रहेको केन्द्रका प्रमुख डाक्टर तुलसीप्रसाद पौडेलले बताउनुभयो । धानको पाँजो र बालालाई ओभानो गरी राख्न, नकाटेको धानलाई पानी पर्न रोकिएपछि ३÷४ दिनपछि अर्थात् मौसमको अवस्था हेरेर सोमवार÷मङ्गलवारदेखि मात्रै काट्न डा. पौडेलको आग्रह छ । अब पानी पर्न कम भए पनि खेतमा पानीको मात्रा धेरै या चिसोपना हुने हुँदा तत्कालै धान काट्ने हतारो नगर्न उहाँको सल्लाह रहेको छ ।