Thursday, November 6, 2025

वर्षाका कारण दोलखाको लामावगर र पवटी सडक खण्ड अवरुद्ध


अगेनो न्यूज ःकात्तिक १४ - वर्षाका कारण दोलखाको विगु गाउँपालिकाको लामाबगर भित्री सडक र मेलुङ गाउँपालिकाको पवटीको भित्री सडक अवरुद्ध भएका छन् । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभावका कारण वर्षहुदाँ जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ लामावगरको खरानेखोला भित्री कच्ची सडक–खण्डमा माथिबाट पहिरो आइ सडक पुर्ण रुपमा अबरुद्द भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकाको वडा नम्वर १ कालाभिर स्थित पवटी भेड्पु भित्री सडक खण्डमा पनि माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । दुबै सडक  खुलाउने काम भईरहेको प्रहरीको भनाई रहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like