- by agenonews
- Jun 19, 2025
अगेनो सम्वाददाता :- दोलखा जिल्लाको बिगु गाउपालिका - ०५, लोटिङ स्थित, चक्रेश्वरि सामुदायिक स्वास्थ्य केन्द्रमा भाद्र ३१ गते देखि असोज ५ गते सम्म विभिन्न विशेषज्ञ सेवाहरु उपलब्ध हुनेगरि स्वास्थ्य सिविर सुरु भएको छ । जनताको स्वास्थ्यमा निशुल्क सेवा पुर्याउने उद्देश्यले संचालित सिविरमा विशेषज्ञ सेवा दिइरहेको आयोजकले जनाएको छ । सिविर सन्चालनको पहिलो दिनमै ४२ जनाले सेवा लिएका छन । "चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष प्रविन खड्काले भन्नुभयो "यस बर्ष प्रतिकुल मौसमका बिच पनि सेवा लिनेको उल्लेख्य उपस्थिति रहेको छ यो खुसीको कुरा हो ।" अध्यक्ष खड्का नेकपा एमालेको बिगु गाउँ पार्टी कमिटीका अध्यक्ष पनि हुनुहुन्छ ।
त्यसैगरी सम्पुर्ण बिरामीवर्ग एबम सेवाग्राहिहरुमा स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दै मेडिकल इन्चार्ज बिजय लामाले,दन्तरोग विशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, दात भर्ने, दात निकाल्ने, दात सफा गर्ने साथै ईसिजी भिडियो एक्सरे , दिसापिसा रगत सम्बन्धि सम्पुर्ण जाचहरु निसुल्क गरिएको बताउनुभयो ।
बिगु गाउँ पालिकाका ५,६,७,८ वडाका बासिन्दाले सेवा लिएका छन ।