Monday, September 22, 2025

संविधान दिवसको प्रभातफेरीमा नेता तथा कार्यकर्तालाई अनिवार्य सहभागी हुन एमाले दोलखाको अनुरोध


अगेनो सम्वादाता ःअसोज २- दोलखामा भोली मनाईने संविधान दिवस २०८२ को प्रभातफेरी कार्यक्रममा सबै नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन नेकपा एमाले दोलखाले अनुरोध गरेको छ । भोली दोलखा सदरमुकाम चरिकोटमा मुल समारोह समितिको अगुवाईमा मनाइने संविधान दिवसको अवसरममा गर्न लागिएको प्रभातफेरी कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले अनुरोध गर्नुभएको छ। संविधान दिवसको अवसरमा भोली बिहान दोलखा सरदमुकाम चरिकोटको सातदोबाटोमा बाजागाजा र प्रभातफेरी सहितको ¥याली निकालीने जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानीको अध्यक्षतामा भएको बैठकले असोज ३गते बिहान भीमेश्वर नगरपालिका स्थित चरिकोट सातदोबाटोमा जम्मा भई बाजागाजा र प्रभातफेरी सहितको ¥याली शुरु भई पशुपतिडाँडा हुँदै पुनःसातदोबाटोमा पुगी कोणसभामा गर्ने निर्णय गरेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like