- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ःअसोज २- दोलखाको तामाकोशी गाउँपालिकामा फुलपातिको अघिल्लो दिन सम्म विद्यालय संचालन हुने भएको छ । गाउँपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले यस वर्षको दशैको विदा फुलपातिको अघिल्लो दिन अर्थात असोज १२ गते सम्म पनि विद्यालय संचालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जारी गर्नुभएको सुचनामा उल्लेख गरिएको छ ।गत वर्षहरुमा घटस्थापनाका दिनदेखी विद्यालय बन्द हुदैँ आएकोमा गत बैशाख महिना शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा गएका कारण उक्त आन्दोलनको शैक्षिक क्षतिलाई परिपुरण गर्नका लागि गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु असोज १२ गते सम्म संचालन हुने पालिकाले जनाएको छ ।