Wednesday, March 18, 2026

डाँका मुद्दाका फरार दोलखाको शैलुङका अभियुक्त आठ वर्षपछि पक्राउ


अगेनो न्यूज ः फागुन १- डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार  दोलखाका प्रतिवादीलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४ गोकर्ण बस्ने ३९ वर्षीय राकेश भन्ने धावा छिरिङ तामाङलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो ।जिल्ला अदालत, दोलखाको २०७४ पुस ४ गतेको फैसलाले डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा उहाँ समेतलाई जनही १० वर्ष कैद र १ लाख १ सय ८९ रुपैयाँ क्षतिपूर्ति ठहर गरेको थियो । तमाङ फरार रहनुभएको थियो । उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले गोकर्णबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि तामाङलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like