- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ २९- नेकपा एमाले दोलखाले पालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई तिव्रता दिएको छ । पार्टीले फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लक्षित गरि माघ २३ गतेबाट सुरु गरेको पालिका स्तरीय अगुवा कार्यकर्ता भेलालाई तिव्रता दिईएको हो । पार्टीका केन्द्रिय सदस्य एंव दोलखा ईञ्चाज तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ सहितको सहभागीतामा पालिका स्तरीय अगुवा कार्यकता भेला भईरहेको नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लाको भीमेश्वर नगरपालिका, शैलुङ,मेलुङ, तामाकोशी र वैतेश्वर गाउँपालिकामा पालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा पालिकाका अगुवा कार्यकताहरुको सहभागीता उत्साहजनक रहेको नेकपा एमाले दोलखाले जनाएको छ । बाँकी पालिकाहरुमा फागुन १ गते जिरी नगरपालिका,२ गते गौरीशंकर गाउँपालिका,तीन गते विगु र फागुन ४ गते कालिञ्चोकमा गाउँपालिकामा पालिका स्तरीय अगुवा कार्यकर्ता भेला गरिने छ ।