Thursday, November 6, 2025

दोलखाको जिलुबाट हराउनु भएको दाजुभाइ सिन्धुपाल्चोकमा फेला



अगेनो सम्वादाता ः कात्तिक  २- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ जिलुबाट हराउनु भएका दुई बालक सिन्धुपालञ्चोकमा पुग्नु भएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ४ जिलु मामा घरमा बस्दै आउनु भएका सिन्धुपाल्चोक मेलम्चीका सुरन  तमाङ र सुजन तमाङ गत असोज २९ गतेदेखि मामा घरबाट हराउनु भएको थियो । उहाँहरु हराउनु भएपछि व्यापाक रुपमा खोजी कार्यगदाँ आफनै घर सिन्धुपाल्चोकको मेलम्चीमा दुबै जान पुग्नु भएको जानकारी प्राप्त भएको भीमेश्वर नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष तारानाथ चौलागााईले जानकारी दिनुभयो । परिवारसँगको सम्वन्ध नराम्रो भएपछि दाजु भाईलाई आमाले मामा घर जिलुमा ल्याएर राख्नु भएको थियो । आमा हाल बैदेशीक रोजगारमा रहनुभएको वडा अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like