- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुष १- नेकपा एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनमा दोलखाबाट उपमहासचिव, सचिवदेखि केन्द्रीय सदस्य तथा लेखा आयोगको सदस्यसम्म १२ जनाले उम्मेद्वारी दिनुभएको छ । जिल्लाबाट पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेलले उपमहासचिवमा उम्मेद्वारी दिनुभएको छ भने केन्द्रिय सदस्य रचना खड्काले सचिवमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । त्यसैगरी जिल्लाबाट पार्वत गुरुङ,इश्वरी रिजाल,ईश्वरचन्द्र पोखरेल, श्यामकुमार बस्नेत, गणेश बस्नेत,उर्मीला सुनुवार र पर्शुराम बस्नेतले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिनुभएको हो । जिल्लाबाट शान्ति पाख्रिन,डिल्लिध्वज वराईली र पुर्णिमा खरेलले केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेद्वारी दिनुभएको नेकपा एमाले दोलखाले जनाएको छ । एमालेको केन्द्रीय,प्रदेश,बजिल्ला तथा प्रवास कमिटीमा आवद्ध हुनुभएका दोलखाका ४३ जना महाधिवेशनमा प्रतिनीधी सहभागी हुनुभएको छ ।