- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस २- दोलखाको पवटी र शैलुङ क्षेत्रमा आज करिब ७ घण्टा विद्युत्त अवरुद्ध हुनेभएको छ । दोलखा वितरण केन्द्र अन्तर्गत बुस्ती फिडरको मेलुङ गाउँपालिका वडा नम्वर १ का केही भाग रोटे पिङ,रुखिनी,धारापानी,गैरी र शैलुङ ८ को पहरिखर्कहुँदै ढुङे सम्म बुसकटिङको काम गरिने भएकाले उक्त क्षेत्रमा करिब ७ घण्टा विद्युत्त अवरुद्ध हुने दोलखा वितरण केन्द्रले जनाएको छ । उक्त क्षेत्रमा आज विहान ९ बजेदेखी अपरान्ह ४ सम्म लाइन अवरुद्ध हुने छ । प्राविधिक कारणले तोकिएको समय भन्दा चाडो र ढिलो कार्य सकिएमा लाईन अबरुद्ध हुने समय फरक पर्न सक्ने समेत वितरण केन्द्र दोलखाले जनाएको छ ।