Monday, December 15, 2025

गुटको होईन पार्टीको उम्मेदवार : उपमहासचिवमा आनन्द पोखरेल


अगेनो न्यूज : मङ्सिर २९, नेकपा एमालेको ११औँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको वैचारिक दिशा, संगठनात्मक सुदृढीकरण र भविष्यको मार्गचित्र कोर्ने ऐतिहासिक अवसर हो। यही सन्दर्भमा उपमहासचिव पदका उम्मेदवार आनन्द पोखरेलको उपस्थितिले महाधिवेशनलाई गम्भीर, विचारप्रधान र आशावादी बनाएको छ।

२०३२ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय पोखरेलको पार्टी सदस्यता नम्बर ३६३ हुनु आफैंमा इतिहासको साक्षी हो। पाँच दशकभन्दा लामो संघर्ष, संगठन निर्माणमा अनवरत समर्पण र कठिन समयमा पार्टी तथा नेतृत्वको पक्षमा दृढतापूर्वक उभिने साहसले उनलाई आजको स्थानमा पुर्‍याएको छ। राजनीति उनको लागि पदको आकांक्षा होइन, विचारको साधना हो भन्ने कुरा उनका सम्पूर्ण गतिविधिले पुष्टि गर्छन्।

हालै सार्वजनिक गरिएको उनको पुस्तक “गन्तव्य समाजवाद र कम्युनिस्ट पार्टी निर्माणको आधार” केवल एउटा किताब मात्र होइन, त्यो एमालेभित्रको वैचारिक बहसलाई गहिरो बनाउने दस्तावेज हो। बैचारिक, वर्गीय, अनुशासित र पारदर्शी कम्युनिस्ट पार्टी निर्माणको सपना बोकेको उक्त पुस्तक आज धेरै प्रतिनिधिका हातमा छ, धेरै मनमा छ। पोखरेलका एजेण्डा नारामा सीमित छैनन्, लिखित विचार, स्पष्ट दृष्टिकोण र कार्यान्वयन योग्य योजनामा आधारित छन्।

आनन्द पोखरेलको राजनीतिक शैली आक्रामक होइन, शालीन छ। उनी कटाक्षभन्दा तर्कमा विश्वास गर्छन्, गुटभन्दा संगठनमा भरोसा गर्छन्। सत्ता र शक्तिभन्दा सिद्धान्त र प्रणालीलाई प्राथमिकता दिने नेता आजको राजनीतिमा विरलै भेटिन्छन्। यही शालीनता, यही वैचारिक दृढता र यही निरन्तरताले उनलाई फरक बनाएको छ

महाधिवेशनमा उपमहासचिव पदका लागि उनले प्रस्तुत गरेको उम्मेदवारी स्वाभाविक, समयसापेक्ष र आवश्यक छ। पार्टीको संगठन, नीति र विचारलाई समन्वय गर्ने भूमिकामा पोखरेलजस्तो अनुभवी, सिद्धान्तनिष्ठ र स्वच्छ छवि भएको नेता अत्यन्त जरुरी छ। प्रतिनिधिहरूले उनको योगदान, संघर्ष र दृष्टिकोणलाई गम्भीरतापूर्वक मूल्यांकन गर्नेछन् भन्नेमा म विश्वस्त छु।

आज एमालेले खोजिरहेको नेतृत्व पदलोलुप होइन, विचारवान् हुनुपर्छ। भीडको ताली होइन, इतिहासको जिम्मेवारी बोक्न सक्ने हुनुपर्छ। त्यो मापदण्डमा आनन्द पोखरेल पूर्ण रूपमा खरो उत्रिन्छन्। त्यसैले यो केवल आशा होइन, तथ्यमा आधारित निष्कर्ष हो—उपमहासचिव पदमा आनन्द पोखरेलको जित सुनिश्चित देखिन्छ ।

यो जित कुनै व्यक्तिको मात्र होइन, विचारको जित हुनेछ। शालीन राजनीति, स्पष्ट एजेण्डा र कम्युनिस्ट मूल्यको जित हुनेछ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like