- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन ७ -नेकपा एमाले दोलखाले निर्वाचनलाई लक्षित गरि घरदैलोअभियानलाई तिव्रता दिएकोे छ । पार्टीले फागुन २१ गतेहुने प्रतिनीधी सभा सदस्य निर्वाचनलाई लक्षित गदै घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । नेकपा एमालेका उम्मेद्धवार पार्वत गुरुङ सहितको घरदैलो कार्यक्रम फागुन ४ गतेबाट सुरु गरेको नेकपा एमाले दोलखाले जनाएको छ । फागुन ४र ५ गते भीमेश्वर नगरपालिकामा घरदैलो गरिएको छ भने फागुन ८ गते मेलुङ, ९ गते वैतेश्वर, १० गते तामाकोशी, ११ र १२ गते सैलुङ, १३ गते जिरी नगरपालिक,१४ गते गौरीशंकर गाउँपालिका, १५ गते विगु,१६ गते कालिञ्चोक गाउँपालिका र १७ र १८ गते भीमेश्वर नगरपालिकामा घरदैलो कार्यक्रम गर्ने पार्टीले कार्यतालिका सार्वजनीक गरेको हो ।