Wednesday, March 18, 2026

किशोरी बलात्कार गरेको आरोपमा सिन्धुलीको दुधौलीका मेयर पक्राउ


अगेनो न्यूज,फागुन ६किशोरीमाथि बलात्कारको आरोप लागेका दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी पक्राउ पर्नुभएको छ । उहाँलाई बालिका बलात्कार गरि बच्चा समेत जन्मिएपछि पीडित पक्षले उजुरी गर्नुभएको थियो । उजुरी परेको १० महिनापछि उहाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी सुर्यप्रकाश सुवेदीका अनुसार अधिकारीलाई मंगलबार पक्राउ गरिएको हो । मंगलबार नै सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।गत वैशाखमा उहाँविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिनुभएको थियो  किशोरी १७ वर्षको उमेर हुँदा बलत्कारमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चा समेत जन्माएकी जाहेरीमा उल्लेख छ ।किशोरीलाई दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले पटक पटक लोभ लालच र प्रलोभनमा पारी बलत्कार गरेको र बच्चा समेत जन्मिएको भन्दै उजुरी परेको थियो ।किशोरीले गत फागुनमा बच्चा समेत जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like