Wednesday, March 18, 2026

दोलखामा गत माघ महिनामा १८ वटा अपराधका घटना दर्ता


अगेनो न्यूज,फागुन ९- दोलखामा गत माघ महिनामा अपराधका १८वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०८२÷०८३ को माघ महिनामा विभिन्न १८ वटा अपराधको घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्लामा माघ महिनामा सबै भन्दा वढि भवितव्यज्यानमा ८ वटा घटना दर्ता भएका छन् भने ज्यान मार्ने उद्योग,जबरजस्तीकरणी उद्योग, आत्माहत्या, चोरी र लिखत कसुरमा एक÷एक वटा, बैकिङ कसुरमा ३ वटा र लागुऔषध सम्वन्धी दुई वटा उजुरी दर्ताभएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like