- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन ४- दोलखाको विगु गाउँपालिकाका सयौ जेन–जी युवाहरुले नेकपा एमालेका उम्मेद्धवार पार्वत गुरुङलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमाले विगु गाउँपालिका कमीटी दोलखाले आयोजना गरेको पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी पालिकाका संयौ जेनजीहरु समुहका युवाहरुले नेकपा एमालेका उम्मेद्धवार गुरुङलाई जिताउने प्रतिवद्धता सहित नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । विभिन्न राजनीतिक दल परित्याग गरी तथा स्वतन्त्र रूपमा रहनु भएको जेनजी समुहका युवाहरुले पार्टीका उम्मेद्धवारलाई जिताउनका लागि आफहरु पार्टीमा प्रवेश गरेको जेनजी सुबास तामाङ बताउनुभयो । उहाँँले भन्नु भयो हाम्रा माग संसदमा उठाउने उम्मेद्धवार भनेकै पार्वत गुरुङ भएकाले हामीले उहाँलाई निर्वाचनमा सहयोग प्रतिवद्धता गरेको छौँ । पार्टीमा प्रवेश गर्नेमा विगु गाउँपालिका सुबास तामाङ,बिजय तामाङ, मिङमा तामाङ, अनिसा तामाङ, भुले तामाङ,प्रेम छिरिङ तामाङ, डिले तामाङ, गोरे खत्री,भिम बहादुर तामाङ, अमृत तामाङ, सन्तोष तामाङ, प्रेम तामाङ, शाङगे तामाङ, मान बहादुर तामाङ, बिसाल गिरि, कृष्ण नेपाली र रिजन भित्रि, दिपेन्द्र तामाङ,राज कुमार तामाङ, केशाप तामाङ, मोतिलाल तामाङ र हेम तामाङ अनिसा थामी,हरि बहादुर थामी, तिर्थ थामी, सुक बहादुर थामी,प्रेम बहादुर थामी, दिल माया थामी, डबल थामी, लाल द्वज थामी र रुपेश थामी अनिल खत्री,पुष्कर थापा, दोर्जे तामाङ,महेश पाण्डे र राज कुमार श्रेष्ठ लगायतका संयौ युवाहरु एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई नेकपा एमाले नेता एंवम पूर्व जिल्ला विकास समिति सभापति लालकुमार केसी,नेकपा एमाले केन्द्रिय सदस्य तथा दोलखाका उम्मेदवार पार्वत गुरुङ लगायतले पार्टीमा प्रवेश गराउनुभएको हो ।