Wednesday, March 18, 2026

माध्यामिक विद्यालय स्तरीय रनिङ शिल्ड क्रीकेटको उपाधी सहिद स्मृति मा वि जिरीलाइ


अगेनो न्यूज,फागुन -४, दोलखाको सदरमुकाम चरिकोटमा लगातार ४ दिनसम्म चलेको अन्तर माध्यामिक विद्यालय स्तरीय क्रीकेट को उपाधी सहिद स्मृति माबी, जिरिले जितेको छ । सेमिफाइनलमा निलकण्ठेश्वर माबी र मोर्डन नेपाल बोर्डिङ स्कुल लाई जितेर सहिद स्मृति आवासीय मा.बि र  द राइजिङ स्टार बोर्डिङ स्कुल फाइनलमा प्रवेश गरेका थिए । आज भएको फाइनल खेलमा टस जितेर बलिङ रोजेको सहिद स्मृति माबिले ११७ रनको लक्ष्य प्राप्त गरेको थियो । टस हारेर ब्याटिङ गर्न मैदानमा छिरेको  राइजिङले ७ विकेटको क्षती बेहोर्दै २० ओभरमा ११७ रनको लक्ष्य प्रस्तुत गरेको  थियो । सहिद स्मृति माबिले १९.३ ओभरमा ९ विकेटको क्षतिमा १ विकेटले जित हासिल गर्यो । सहिद स्मृतिका ब्याट्सम्यान नितेस सार्कीले सर्वाधिक ३७ रन जोडेर म्यान अफ द म्याच घोसित भएका छन ।

क्रीकेट संघ दोलखाको आयोजनामा २०८२ फागुन १ गतेबाट अन्तर मा. वि, स्तरीय खुल्ला क्रीकेट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । कार्यक्रमको उद्घाटन क्रीकेट संघ नेपालका पुर्व पदाधिकारी तथा बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री  माननीय भरत बहादुर के. सि ले गर्नुभएको थियो । विशेष अतिथी बार यसोसियसन नेपाल, दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत र फूटबल संघका पुर्व उपमहासचिव बाबुकाजी बस्नेत रहनुभएको थियो । 

चार दिनसम्म चलेको खेलमा ६ विद्यालयले सहभागिता रहेको थियो । जसमा - त्रीपुरा ग्लोरियस एकेडेमी, अल्पाइन बोर्डिङ स्कुल,माउन्ट भ्याली बोर्डिङ स्कुल, द राइजिङ स्टार बोर्डिङ स्कुल, निलकण्ठेश्वर मावी र सहिद स्मृति माबि रहेका थिए । प्रथम भएको स्कुल सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. ३०,०००/- पुरस्कार जितेको छ । त्यस्तै  खेलको उपविजेता द राइजिङ स्टार बोर्डिङ स्कुलले शिल्ड,मेडल र प्रमाणपत्र सहित रु.२०,०००/- जितेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like