Wednesday, March 18, 2026

गुरुङलाई जिताउन आफु लागिपर्ने शिवाकोटीको प्रतिवद्धता


अगेनो न्यूज,फागुन ४- नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटीले एमाले दोलखाका उम्मेदवार पार्वत गुरुङको जित नै आफनो भएको बताउनु भएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकामा भएको पालिका स्तरीय अगुवा कार्यकता भेलालाई आज सम्वोधन गर्नुहुँदै नेता शिवाकोटीले पार्वत गुरुङको जित नै आफनो र समग्र दोलखाको जित हुने बताउनु भएको हो । शिवाकोटीले पार्टीको उम्मेदवार पार्वत गुरुङ रहेको हुँदा उहाँलाई जिताउनका लागि आफु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । अहिले अवस्थामा नेकपा एमालेलाई जिताउन सकिएन भने यो मुलक रहन्छ या रहन्न भन्ने अवस्था रहेको हुँदा खुलेर सुर्य चिन्ह्मा मतदान गर्नका लागि उहाँले मतदाताहरुलाई आग्रह गर्नुभयो । जिल्लामा पार्वत गुरुङले जित्दामात्र दोलखा जिल्लाको समग्र विकास गर्न सम्भवभएको हुँदा उहाँलाई मतदानगर्न आग्रहगर्नु भयो । नेकपा एमाले जिल्ला सल्लाहकार परिषद्का सदस्य एव पालिका स्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक डम्बर बहादुर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले नेता एंवम पूर्व जिल्ला विकास समिति सभापति लालकुमार केसी,नेकपा एमाले केन्द्रिय सदस्य तथा दोलखाका उम्मेदवार पार्वत गुरुङ,समानुपातिक उम्मेदवार टेक घतानी नेकपा एमाले दोलखाका उपसचिव हरि ओली लगायतले सम्वोधन गर्नुभएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like