Monday, September 22, 2025

इन्जिनियर दासको खोजीमा सम्वन्धीत निकाएले चासो नदिएको परिवारको गुनासो



अगेनो म्वादाता ः  भदौ १९- विगत दुई महिना भन्दा बढी सयम देखि बेपत्ता रहनु भएको दोलखाको सिनो हाइड्रोपावर कम्पनीमा कार्यरत इन्जिनियर राकेश कुमार दासको खोजी कार्यमा सम्वन्धी निकाएले चासो नदिएको पिडीत परिवारले गुनासो गर्नुभएको छ । गत असार ५ गतेबाट सिनो हाइड्रोपावर कम्पनी स्थितकार्यस्थलबाटै सम्पर्क विहिन हुनु भएको दासको खोजीको लागि सरोकारवालाहरुले चासो नदिएको दासका बुबा प्रभुदासले गुनासो गर्नुभयो । बिहीबार सदरमुकाम चरिकोटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बुबा प्रभुले लामो अवधिसम्म पनि हाईड्रोपावर इन्जिनियर संघ,पेशागत संगठन लगायतका सरोकारवाला निकायले खोजिमा चासो नदिएको गुनासो गर्नुभएको हो । छोराको खोजिकार्यको लागि सुरक्षा निकाय,कम्पनी र सम्पूर्ण इन्जिनियर समुदायलाई दासको बुबाले अपील गर्नु भएको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका निवासी दास कार्यस्थलबाट अचानक इन्जिनियर २ महिना १४ दिनदेखि सम्पर्कविहीन विहिन हुनुभएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like