- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ ४- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट पार्वत गुरुङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको बसेको सचिवालय बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्वर ५सुरी स्थायी घर भएका गुरुङ यसअघि २०७० र २०७४ मा निर्वाचित हुनुभएको थियो । गुरुङ दोलखाबाट दुई पटक प्रतिनिधी सभाको सांसद भई सक्नु भएको छभने सुचना तथा संचार मन्त्री सरकारको प्रवक्ता समेत भएर काम गरी सक्नु भएको छ ।