Sunday, February 1, 2026

दोलखाको शैलुङ गाउँपालिकामा आज विदा


अगेनो न्यूज ः माघ ४-दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछार मनाउन आज विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको महान पर्व २८ सय ६२ औ सोनाम ल्होछारको अवसरमा जिल्लाको शैलुङ्ग गाउँपालिकाले आज स्थानीय विदा दिने निर्णय गरेको हो । पालिकाले सूचना जारी गरी सोनाम ल्होसारको दिन सरकारले दिने सार्वजनिक विदामा  एक दिन थप गरेर विदा दिने निर्णय गरेको हो । गाउँपालिकामा तामाङ्ग समुदायको बाहुल्यता भएकाले सोनाम ल्होछारको अवसरमा गाउँपालिकाको कार्यालय,मातहतका कार्यालय र विद्यालयहरुमा स्थानीय बिदा दिईएको पालिकाले जारी गरेको  सूचनामा उल्लेख गरिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like