Sunday, February 1, 2026

सोनाम ल्होछारको अवसरमा चरिकोटमा शुभकामना आदान–प्रदान तथा बृहत सास्कृतिक कार्यक्रमको आयोजना


अगेनो न्यूज ः माघ ३- तामाङ समुदायको महानपर्व मञ्जुश्री २८ सय ६२औ सोनाम ल्होछारको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा शुभकामना आदान–प्रदान तथा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला लामा संघ दोलखाको अध्यक्ष धुक्पा लामाले ल्होछारको बारेमा जानकारी गराउनु हुदैँ तमाङ संस्कार अनुसार मन्त्र उचारण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । चरिघ्याङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष लुङगु लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी,वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा,मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङ,कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ,नेपाल आदिवासी जनजाति महासंघ दोलखाका अध्यक्ष जङग गुरुङ,नेपाल तमाङ घेदुङ संघका केन्द्रीय सदस्य संगीता पाख्रिन,नेपाल तमाङ घेदुङ संघ दोलखाका अध्यक्ष टिकराम तमाङ, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु  जिरेल, भीमेश्वर नगर पालिका वडा नम्वर ६ का वडा अध्यक्ष नविन लामा र पत्रकार उषा तमाङले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अवसरमा कार्यक्रम गर्नका लागि सहयोग गर्ने जिल्लाका ८ वटा पालिकालाई सम्मान प्रत्र पदान गरिएको थियो भने तमाङ समुदायबाट पालिका अध्यक्षमा  निर्वाचित हुनुभएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा र मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङ सहित नेपाल तमाङ घेदुङ संघ दोलखाका पुर्व अध्यक्ष निमा मोक्तन लगायतलाई सम्मान गरिएको थियो ।बृहत सांस्कृतिक कार्यक्रममा रोज मोक्तान, अमिर दोङ,याङ्जी दोङ,सुवास मोक्तान, प्रतिक मोक्तान,सानुबाबु घिसिङ, सुशिल तिदाङ,मिन योञ्जन, कोपिला वाइवा लगायत राष्ट्रिय तथा स्थानीयस्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति भईरहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like