- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन ४- निर्वाचनका लागि दोलखामा ७४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा फागुन २१ गते हुने प्रतिनीधी सभा सदस्य निर्वाचनका लागि फागुन ३ गते देखि १७ गते सम्म प्रत्येक वडामा एक जनाकादरले ७४जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँँका अनुसारस्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनु हुने छ ।