- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज असोज १२- दोलखाको जिरी नगरपालिकामा अरिङ्गालको टोकाइबाट २ जना घाइते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ४ पटासेका ४२ वर्षिय कान्छी माया जिरेल र उहाँकी बुहारी १९ वर्षिय सुगामान जिरेल घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल जाने क्रममा आज बिहान २० र २५ वटा अरिगांलको हुलले टाउको,दुबै हात र कुममा टोक्दा उहाँहरु घाइते हुनुभएको हो । उहाँहरुको सदरमुकाम चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भईरहेको छ ।