- by agenonews
- Jun 19, 2025
अगेनो म्वादाता ः भदौ २१- दोलखाका ९२ प्रतिशत नागरिकमा आधारभुत स्तरको खानेपानी सेवा पुगेको पाईएको छ । जिल्लामा गत आर्थिक वर्ष २०८१÷०८२ को असार महिनासम्म ९२ दशमलव ७५ प्रतिशत अर्थात १ लाख ६० हजार २ सय ४१ जना नागरिकमा आधारभुत स्तरको खानेपानी सेवा पुगेकोेखानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय दोलखाका प्रमुख विजयकुमार यादवले जानकारी दिनुभयोे । उहाँका अनुसार २०७८ सालको जनागणना अनुसार १ लाख ७२ हजार ७ सय ६७ जनसङख्या रहेको जिल्लामा १६ दशमलव ०२ प्रतिशत अर्थात २७ हजार ६ सय ७५ जनामा उच्च तथा मध्यम स्तरको खानेपानी सेवा पुगेको पाईएको छ । जिल्लामा १ लाख ६८ हजार अर्थात ९७ दशमलव २८ प्रतिशतमा आधारभुत स्तरको शौचालयको सेवा पुगेको कार्यालयले जनाएको छ ।