- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ःअसोज ३- जिल्ला अदालत दोलखाले असोज २१ गतेबाट नियमित रुपमा सेवा सुचारु गर्ने भएको छ । जिल्ला अदालत दोलखाले आज एक सुचना जारी गदै असोज २१ गतेबाट नियमित रुपमा सबै सेवा सुचारु गर्ने जानकारी गराएको हो । जेनजीहरुको आन्दोलनका कारण अदालतवाट प्रवाह गर्नुपर्ने सेवामा संकुचन गरिएकोमा देश परिस्थिती सामान्य बन्दै गइरहेकाले अगामी असोज २१ गतेदेखि नियमित रुपमा सेवा सुचारु गर्न लागिएको जिल्ला अदातल दोलखाका स्रेस्तेदार अञ्चन भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार जेनजीहरुको आन्दोलनका कारण जरुरी प्रकृतिका निवेदन बाहेक अदालतमा नियमित पेशी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरिएको थियो ।