Monday, September 22, 2025

दोलखामा विभिन्न कार्यक्रम गरि मनाईयो संविधान दिवस २०८२


अगेनो सम्वादाता ःअसोज ३- संविधान दिवस दोलखामा पनि आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । संविधान कार्यान्वयनमा आएको १० वर्ष पूरा भएको दिन आज जिल्लामा संविधान दिवस २०८२ विभिन्न कार्यक्रहरु मनाईएको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमख एंवम संविधान दिवस मुल समारोह समिति दोलखाका अध्यक्ष बर्जुराम घातीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस दोलखाका सभापति वर्मा लामा,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ,माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ,राष्ट्रि«य स्वतन्त्र पार्टी दोलखाका उपाध्यक्ष कृष्ण बहादुर खड्का,नेकपा एकिकृत समाजवादी पार्टी दोलखाका अध्यक्ष अशोक दाहाल,भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर,प्रमुख जिल्ला अधिकारी भोला दाहाल र नेपाल पत्रकार महासंघ दोेलखाका अध्यक्ष प्रभु जिरेल लगायतले संविधानको बारेमा चर्चा गर्नुभएको थियो । दिवसको अवसरमा मुल समारोह समिति दोलखाले सदरमुकाम चरिकोटमा ¥याली समेत निकालिएको थियोे । संविधान दिवस जिल्लाका स्थानीय तहहरुले पनि मनाएका छन । त्यसैगरी संविधान दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवस मुल समारोह समिति दोलखाको आयोजना भएको रक्तदान कार्यक्रममा २जना महिला सहित ११ जनाले रक्तदान गर्नुभएको रक्तसञ्चार समिति दोलखाका संयोजक गोकर्ण प्रसाद पोखरेलले जानकारी दिनुभयोे 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like