Monday, September 22, 2025

जिल्ला प्रशासन कार्यालय दोलखामा गतवर्ष ३ करोड ५५ लाख बढि राजश्व संकलन


अगेनो सम्वादाता ःअसोज १- जिल्ला प्रशासन कार्यालय दोलखामा गत वर्ष ३ करोड ५५ लाख रुपैयाँ भन्दा वढि  राजश्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा गत आर्थिक आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न शिर्षकमा ३ करोड ५५ लाख ५३ हजार ४० रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सुचना अधिकारी औलख बहादुर आलेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत आर्थिक सबै भन्दा बढि राहदानीको शिफारीबाट २ करोड ९८ लाख ८८ हजार ४ सय ६० रुपैयाँ राजश्व संकलन भएको छ । प्रशासनमा गत आर्थिक वर्ष परिक्षा शुल्क ६ हजार ३ सय,सरकारी सम्पति विक्रि वितरणबाट ४२ हजार ५ सय रुपैयाँ,न्यायिक दण्ड जरिवान ३१ हजार रुपैयाँ,हातहतियार इजाजत पत्र र नविकरण शुल्क ८८ हजार ५ सय रुपैयाँ,अन्य प्रशासनीक सेवा शुल्क ५७ लाख ९०हजार ८० रुपैयाँ गरि उक्त राजश्व संकलन भएको हो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like