- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ ३१- दोलखाको बिगु गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने ३ जना घाइते हुनुभएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर ६ आलम्पुको कच्ची सडक खण्डमा आलम्पुबाट ढुंगाखानी तर्फ जांदै गरेको प्रदेश १–०१००१ त८८७२ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित दुर्घटना हुदाँ आलम्पुका ५५ वर्षिय मकर थामीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार ट्र्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल पल्टिदाँ थामीको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि आलम्पुका ३५ वर्षिय कुबेर थामी, ५७ वर्षिय पल बहादुर थामी र १५ वर्षिय आशिष थामी घाईते हुनुभएको छ । घाइतेको उपचारको लागी सिंगटी तर्फ पठाइएकोे प्रहरीले जनाएको छ ।