- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ १६-जिल्लामा सुशासन कायम गर्नका लागि आफु प्रतिवद्ध रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनु भएको छ । जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी आउनु भएको दाहालले जिल्लामा सुशासन कायम गर्नका लागि आफु सधै प्रतिवद्ध रहेको जिल्लाका सञ्चारकर्मीहरुसँगको भेटमा बताउनु भएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दोलखामा सरुवा भएर आउनु भएको प्रमुख जिल्ला अधिकारी दाहालले प्रशासनले दिने सेवालाई चुस्त र दुस्त बनाउने समेत बताउनु भएको छ । आज भएको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा दोलखाका पत्रकाहरुले जिल्लामा देखिएका समस्याको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल सहित पुर्व अध्यक्ष जीवन लामा लगायतका पत्रकारहरुको सहभागीता रहेको थियो ।