Monday, September 22, 2025

दोलखामा अरिङ्गालको टोकाइबाट एक जना घाइते


अगेनो सम्वादाता ःभदौ १७- दोलखाको भीमेश्वर नगरपालिकामा अरिङ्गालको टोकाइबाट एक जना घाईते हुनुभएको छ । अरिङ्गालको टोकाइबाट जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ७ का ४५ वर्षिय हरि लामा घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अरिङ्गाल मार्न भनी हिजो बेलुका घरबाट हिड्नु भएको तमाङ घर नफर्कीएपछि  खोजी गर्ने क्रममा आज बिहानी अरिङ्गाले टोकेर घाईते अवस्थामा भेटिनु भएको हो । घाइते  तमाङको पशुपति चौलागाई स्मृति प्रादेशीक अस्पताल चरिकोट उपचार भई रहेको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like