Thursday, November 6, 2025

प्रहरी कार्यालय तोडफोड गर्ने आरोप लागेका काभ्रेका ८ जना आफैं पुगे प्रहरीमा


अगेनो न्यूज ःकात्तिक १८- जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका काभ्रेपलाञ्चोकका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित हुनुभएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेको थियो । प्रहरीले बोलाएपछि काभ्रेका ८ जना आफैं उपस्थित भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताउनुभयो । आफैं उपस्थित हुनेहरूमा काभ्रेको भुम्लु गाउँपालिका वडा नम्वर ३ घर भएका ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका वडा नम्वर ४ का ३२ वर्षीय रुपक परियार,सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्वर ६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्ववर १ का २२ वर्षीय अमृत सुनुवार प्रहरीमा आफैं उपस्थित हुनुभएको हो । १८ वर्षीय प्रह्लादकुमार ठाकुर, ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ पनि उपस्थित भएका छन्। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको एआईजी कार्कीले जानकारी दिनुभयो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like