- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकार्तिक १३-जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका पूर्वएसपी कमलेन्द्र कर्णको घरमा लुटपाट गरेको आरोपमा दोलखाका एक जना पक्राउ पर्नु भएको छ । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनले कागेश्वरी मनोहरा नगरपालिक वडा नम्वर ८ गणेश मन्दिर स्थित पूर्वएसपी कर्णको घरमा लुटपाट र आगजनी गरेको आरोप दोलखाका एक जना प्रकाउन पर्नुभएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफेका जामुने घर भएका ३४ वर्षीय रन्जेन्द्र महत रहनुभएको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग काँडाघारीको टोलीले उहाँलाई बुधबार साँझ गोठाटारबाट पक्राउ गरेको हो ।