- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकार्तिक १३-दोलखामा पनि बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव देखिन थालेको छ । जिल्लाका अधिकाम्स भु–भागमा वर्षा भईरहेको पाईएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोशी, मधेस र बागमतीका गरी दोलखाका २६ जिल्ला प्रभावित हुने बताएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिन्छ। आज देखी कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको छ। मधेसका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने देखिएको छ भने बागमती प्रदेशका काठमाडौं,भक्तपुर, ललितपुर,काभ्रे,सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली प्रभावित हुनेछन्। मोन्था चक्रवातका कारण कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।‘