- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक १४ - दोलखाको शैलुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र काठमाण्डौँबाट नै वितरण गर्ने भएको छ । जिल्लाको शैलुङ गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमानै अपाङ्गता परिचयपत्र प्रदान गर्ने उद्धेश्यले काठमाण्डौँबाट नै शिविर मार्फत अपाङ्गता परिचयपत्र वितरण गर्न लागिएको पालिकाले जनाएको छ । पालिकाले कात्तिक १४ र १५ गते काठमाण्डौंको भृकुटि मण्डपबाट अपाङ्गता परिचयपत्र वितरण गरिने पालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । काठमाडौं–भक्तपुर–ललितपुर बस्दै आउनुभएका ब्यक्तिहरुले आफ्नो घर टोल छिमेकमा रहि वा आफ्नो संरक्षणमा पालनपोषण गर्दै आएका फरक क्षमता भएका व्यक्तिहरुको शारीरिक, बौद्धिक अपाङ्गता, पहिचान गरि “क“ “ख“ “ग” वर्गको कार्ड प्रदान गरिने पालिकाले जनाएको छ ।