- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ २६-मंगलबार राजधानी काठमाडौं र पोखरामा भएको ‘जेन्जीकोे आन्दोलनमा परि दोलखाका ३ जना युवाहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बिगु गाउँपालिका वडा नम्वर ३ का २२ वर्षीय महेश बुढाथोकी, बैतेश्वर गाउँपालिका ८ की स्वास्थानी खड्का र शैलुङ गाउँपालिका वडा नम्वर ४ का अभिषेक चौंलागाई रहनु भएको छ । मंगलबार काठमाडौंको कोटेश्वरमा भएको आन्दोलनमा गोली लागेर गम्भीर घाइते भएको बुढाथोकीको उपचारकै क्रममा मृत्यु भएको थियो भने पोखरामा जेन्जी आन्दोलनका क्रममा आगलागीमा परेर खड्काको ज्यान गएको प्रहरीको भनाई रहेको छ । चौलगाईको महाराजगञ्जमा भएको आन्दोलनका क्रममा गोली लागेर मुत्यु भएकोे परिवारको भनाई रहेको छ ।