Monday, September 22, 2025

रामेछाप कारागारमा पनि गोली चल्यो ३ को मृत्यु १३ घाइते


अगेनो सम्वादाता ः भदौ  २६-रामेछाप कारागारमा पनि आज कैदी बन्दी भाग्न खोजेपछि  नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ । सेनाले चलाएको गोली लागेर ३ जनाको कैदी वन्दीको मृत्यु भएको छ भने १३ जना घाइते हुनुभएको छ । घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भईरहको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका क्रममा ३ जना घाईतेको कैदीवन्दीको मृत्युु भएको हो । अहिले कैदीबन्दी नियन्त्रण लिसकेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like