Monday, September 22, 2025

जनमुखी साकोस मैनापोखरीद्धारा १४० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान



अगेनो सम्वादाता ःभदौ १२-जनमुखी बचत तथा ऋण सहकारी संस्थाले यसवर्ष १ सय ४० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । जिल्लाको बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा मुख्य कार्यालय रहेको संस्थाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा १ सय ४० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सहकारी संस्थाका व्यवस्थापक भेष बहादुर मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा आवद्ध भई नियमित बचत तथा ऋणको कारोबार गर्ने शेयर सदस्य वा बालबचतकर्ताहरु मध्येबाट सामुदायिक विद्यालयहरुको आधारभुत, माध्यमिक र क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तथा क्याम्पसको सिफारिसमा छात्रवृत्ति प्रदान गरिने छ । सहकारीले  आधारभुत्त तहमा अध्ययनरत ६० जना, माध्यमिक तह कक्षा ९ र १० मा अध्ययनरत ३० जना, माध्यमिक तह कक्षा ११ र १२ मा अध्ययनरत ३० जना क्याम्पस तहमा अध्ययनरत २० जना गरि १ सय ४० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ छ । छात्रवृत्तिका लागि भदौ महिनाको १५ गते सम्म  मुख्य कार्यालय कार्यालय  अन्य सेवा केन्द्र वा इमेल मार्फत निवेदन दिनुपर्ने सहकारी संस्थाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like