Monday, September 22, 2025

दोलखामा १३ हजार भन्दा धेरै पशु चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप



अगेनो सम्वादाता ः भदौ ११- दोलखामा १३ हजार २ सय ७५ वटा पशु चौपायालाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ । जिल्लामा भदौ १ गतेबाट ७ गते सम्म खोप पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको थियो । जिल्लामा उक्त अवधिमा प्रत्येक स्थानीय तहमा १ हजार ४ सय ७५ का दरले जिल्लामा १३ हजार २  सय ७५ वटा गाई,भैंसी र चौंरीलाई खोप लगाएको पशुसेवा कार्यालय दोलखाका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो । उहाँँका अनुसारखोप लगाउनका लागि जिल्लामा ३० जना पशुप्राविधिकहरु खटाईएको थियो 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like