Monday, September 22, 2025

कुमार विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च दोलखा गठन


अगेनो सम्वादाता साउन १८- उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला भेला आज दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । भेलाले कुमार विश्वाकर्माको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च दोलखा गठन गरिएको छ । मञ्च दोलखाको उपाध्यक्ष देवराम बुढाथोकी,सचिवमा तारा बहादुर महत,कोषाध्यक्ष तारादेवी बस्नेत चयन हुनुभएको छ भने सदस्यहरुमा कृष्ण भुजेल,राधिका लकान्द्री र रामकृष्ण तामाङ चयनहुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमतिका सदस्य कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत,जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी रामप्रसाद पोखरेल,इन्सेक दोलखाका प्रतिनिधि उद्ववप्रसाद पोखरेल,दोलखा उद्योग बाणिज्यका महासचिव सुरेश उप्रेती,चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रुद्रजङ बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like