Monday, September 22, 2025

दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री बन्न सफल



अगेनो सम्वादाता साउन २०- बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरणमन्त्री मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा आज बनेको नयाँ मन्त्री परिषदले  नेकपा एमालेबाट निर्वाचित बागमति प्रदेश सासद केसी वन तथा वातावरण मन्त्री बन्नु भएको हो । जिल्लाको भीमेश्वर नगरपालिकाका निवासी २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको केसी २०७९ सालमा दोलखाको प्रदेश सभा ‘ख’ बाट प्रतक्ष्यतर्फ उम्मेदवार बनेका थिए । प्रदेशसभा निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा पनि केसीले सान्दार जित हाँसिल गर्नुभएको थियो । 

बागमतीका ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ


बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ८ मन्त्रीलाई सपथ ग्रहण गराउनु भएको हो । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए ।कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। कांग्रेसको भागमा परेको प्रदेशका १४ मध्ये ७ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राखेका छन् ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like