Monday, September 22, 2025

दोलखाको मेलुङका एक पुरुषको आँगनमा लडेर मृत्यु


अगेनो सम्वादाता  साउन १८ -दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ का एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर २ का अन्दाजी ४२ वर्षीय आशिष कुमार कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की हिजो बेलुकी साँझ आफ्नै घरको पिँढीबाट आँगनमा चिप्लिएर लडेर घाइते हुनुभएको थियो । घरमै सामान्य उपचारपछि अवस्था गम्भीर भएपछि बेलुकानै थप उपचारका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । उहाँको शवलाई अहिले पोष्टमार्टमको लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like