- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज : भदौ - ४
सपथग्रहण लगत्तै गृह जिल्ला दोलखा आउनु भएका वागमती प्रदेश सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री माननीय भरत बहादुर केसीलाई क्रीकेट संघ दोलखाले आज एक कार्यक्रम आयोजना गरि बधाई तथा शुभकामना व्यक्त गरेको छ । दोलखा जिल्लामा खेलकुद बिकाशको क्षेत्रमा सक्रीय मन्त्री के. सी ले कार्यक्रममा बोल्दै आफू भिमेश्वर नगरपालिकाको नगर प्रमुख हुँदा रंगशाला निर्माणको सुरुवात, कबर्ड हल निर्माण तथा ब्याड्मिन्टन हल लगाएत निर्माण गरेको स्मरण गर्दै, आजको नेतृत्वले त्यसप्रति न्याय गर्न नसकेकोमा दु:ख व्यक्त गर्नुभयो । नेतृत्वमा दुरदर्शिता नहुदा यस्ता किसिमका व्यथितीले प्रश्रय पाउने उहाँको तर्क थियो । "जिल्लामा हाइ अल्ट्रीच्यूड क्रीकेट रंगशाला निर्माण गर्नेतर्फ ध्यान दिनुपर्छ" भन्दै मन्त्री आफू त्यस तर्फ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिरीष बस्नेतले खेलक्षेत्रको बिकाश गर्न सकियो भने समग्र जिल्लामा पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक सामाजिक रुपान्तरण गर्न सकिने बताउनु भयो । कार्यक्रमका सभापति सन्तोष पोखरेलले मन्त्री के सी लाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालय स्तरिय क्रीकेट प्रतियोगिता आयोजनाको तयारी भइरहेको जानकारी गराउनु भयो । कार्यक्रम सन्चाल बिक्रम खड्काले गर्नुभएको थियो भने बिष्णुराज गुरुङले गर्नुभएको थियो । एक सातादेखि मन्त्री के. सी लाई जिल्लावासिले बधाई तथा शुभकामना दिने क्रम जारी छ ।