Monday, September 22, 2025

स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको सहभागीता सुनिश्चित सम्वन्धी अन्तरक्रिया कार्यक्रम आयोजना


अगेनो सम्वादाता भदौ ४-दलित महिला केन्द्र नेपालले स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको सहभागीता सुनिश्चित गर्न भीमेश्वर नगर स्तरीय राजनीतिक दलको भुमिका सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दलित महिला केन्द्र नेपालले जिल्लाको भीमेश्वर नगरपालिकाका मुख्य राजनितिक दलहरुसँग स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिको सहभागीता सुनिश्चित गर्न भीमेश्वर नगर स्तरीय राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको भूमिका सम्वनधी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । संस्थाले मङगलबार नेपाली काङग्रेस र बुधबार नेकपा एमालेसँग छुटाछुटै कार्यक्रम गरेको आयोजना गरेको फिल्ड अधिकृत रविन्द्र घतानीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा दुबै राजनितिक दलबाट नगरपालिकाका निर्वाचित महिला सदस्यहरु सहित पार्टीको नगर कमीटीको पधाधिकारीसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । बुधबार भएको कार्यक्रमको नेकपा एमालेको पोलिटव्युरो सदस्य एंव दोलखा ईञ्चाज पार्वत गुरुङले एक कार्यक्रमको विच उद्घाटन गर्नुभएको थियो । भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मान्धरको अध्यक्षतामा भएको कार्यक्रममा दलित महिला केन्द्र नेपालका अध्यक्ष एंव संविधान सभा सदस्य लक्ष्मी परियारले निर्वाचित दलित महिलाको क्षेत्रमा मात्र काम गरेको दलित केन्द्र केन्द्रले २०७९ को निर्वाचित नगरकार्यपालिका सदस्यहरुलाई लक्षित गरिरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकाको समन्वयमा नगरपालिकाका निर्वाचित महिला सदस्यहरुका लागि क्षमता विकास, नेतृत्व विकास, नगर सभाममा निर्वाचित महिला सदस्यको भूमीका विशेष बनाउन उद्देश्यलेका साथै राजनितिमा पनि निर्वाचित महिला सदस्यहरुको राजनितिमा पनि अर्थपूर्ण सहभागी गराउनका लागि टेवा पुऱ्याउने संस्थाको मुख्य उद्देश्य रहेको छ । कार्यक्रममा नेकपा एमालेबाट नगरपालिकाका निर्वाचित महिला सदस्यहरु सहित पार्टीका प्रमुख तथा प्रतिनीधीसँग समुहतगत रुपमा समेत छलफल गरिएको थियो ।
I

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like