- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता- भदौ २- विगु गाउँपालिकामा करेन्ट लागेर एक जना युवा घाईते हुनुभएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ लामाबगरका २८ वर्षिय दिपक क्षेत्री आफैले मोबाइल चार्जमा राखेर मोबाइल चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीको रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । हाल क्षेत्रीको KMC अस्पताल काठमाण्डौमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।