- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,फागुन ६-दोलखाको विगु गाउँपालिकामा रहेको सानीमा हाईड्रोपावर कार्यरत्त एक जना लडेर गम्भीर घाईते हुनुभएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर १ बुमिङ स्थित सानीमा हाईड्रोपावर कम्पनी अन्र्तगतको छिरिङ कन्स्ट्रक्सनका कामदार बागलुङका २९ वर्षीय संजोग मगर भिरबाट लडेर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिम्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार सानीमा हाईड्रोपावर कम्पनीको व्लाष्टिङ गरिएको माटो सफा गर्ने क्रममा मगर आफैं अचानक भिरबाट लडेर गम्भीर घाईते हुनुभएको थियो । घाईते मगरलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौंको केएमसी अस्पताल लगिएको प्रहरी जनाएको छ । गम्भीर घाईते भएका मगर बोल्न नसक्ने र अचेत अवस्था रहनुभएको प्रहरीले जनाएको छ ।