- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ १३- जनप्रतिनिधि,पत्रकार,सुरक्षाकर्मी तथा सरोकारवालाहरुका लागि क्षयरोग तथा एचआईभी सम्वनधी एक दिने अभिमुखीकरण कार्यक्रम आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय दोलखा र नेपाल क्षयरोग निवारण संस्था दोलखाको संयुक्त आयोजना तथाभीमेश्वर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले दोलखामा क्षयरोगको अवस्था,न्युनीकरण गर्नका लागि सरोकारवालाको भुमीका बारेमा जानकारी गराउनुभएको थियो भने जनस्वास्थ्य अधिकृत रुक्सा शाक्यले दोलखामा एचआईभीको अवस्था बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा हाल २८ जना एचआईभीका विरामीहरुले उपचार गराई रहनु भएको र ५३ जना क्षयरोगका विरामीहरुले नियमीत औषधी सेवन गरि रहनुभएको कार्यक्रममा जानकारी गराईएको थियो । जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुबेदी,भीमेश्वर नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष स्टालिङ श्रेष्ठ,पशुपति चौलागाई अस्पताल दोलखाका सुपरिटेन्डेन्ट डाक्टर अच्युत पौडेल, नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्ले लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।