- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ २९- रामेछापमा भएको यात्रुवाहक बस दुर्घटनामा परी दोलखाका २जनाको मुत्यु भएको छ । गत मंगलबार रामेछापको मचानेटार भन्ने स्थानबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेर दुर्घटना हुदाँ दोलखाका २ जना सहित १२ जनाको मुत्यु भएको थियो भने ८ जना घाईते हुनुभएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परि दोलखाको भीमेश्वर नगरपालिका नगरपालिका ७ का २५ वर्षीया बबि तामाङ, भीमेश्वर नगरपालिका वडा नम्वर ८ का ६०वर्षीय मानबहादुर तामाङ मुत्युभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी मुत्यु हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका– ४ का २८ वर्षीय दिपेश बस्नेत, लिखु तामाकोशी वडा नम्वर ७ की ३५ वर्षीया सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भिमबहादुर तामाङ र १६ वर्षीया रमिता तामाङको पनि पहिचान खुलेको छ । त्यस्तै लिखु तामाकोशी गाउँपालिका ४का अन्दाजी २५ वर्षीय दिपेन्द्र बस्नेत सिन्धुली गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ पनि मृत्यु भएको हो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्य ३ जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भीमेश्वर नगरपालिका वडा नम्वर ७का निलिमा तमाङ सहित ८जना घाईते हुनुभएको छ ।